भिजन एक्सलेन्स अवार्डबाट सन्दुक रुइतसहित तीन सम्मानीत

काठमाडौ : भिजन एक्सलेन्स अवार्डबाट नेत्र विशेषज्ञ डा.सन्दुक रुइतसहित तीन जनालाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट रुइतसहित प्राध्यापक डाक्टर रामप्रसाद पोखरेल र डाक्टर गोपालप्रसाद पोखरेललाई सम्मान गरिएको हो ।
नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरुको नेतृत्व, योजना, मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।
सम्मानित डा. सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन भने रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुन् । त्यस्तै. गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य हुन् ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया