केपी ओलीलाई केही समय जेलमा राखेर निकालेर माफी दिउँला : माधवकुमार नेपाल
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले माफ मागे माफी दिने सक्ने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले माफी मागरेर गल्ती स्वीकार गरे केही समय जेलमा राखेर माफी दिने सकिने बताएका हुन् ।
‘केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन,’ उनले भने, ‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि । मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला ।’ पार्टीले बनाएको केपी ओली भष्मासुर बनेको उनको आरोप छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया