मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको बहुप्रतिक्षित साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले  निष्काशन गरेको आईपीओ शुक्रबार बिहान १० बजे गोलाप्रथामार्फत बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान १० बजे गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरेको हो । गोलाप्रथाबाट १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता सेयर पाएका छन् । त्यस्तै २० कित्ता देखि १३ हजार ९ सय ६० कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट २ जनाले थप १ कित्ता सेयर पाएका छन ।

कम्पनीको आईपीओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । १० लाख ७७ हजार बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको थियो ।