फेरि सर्यो जेम्स बन्डको ‘नो टाइम टु डाई’

लसएन्जल्स : जेम्स बन्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति फेरि एक पटक पछि धकेलिएको छ । अघिल्लो साल नै प्रदर्शनमा आउन ठिक्क परेको फिल्म कोरोना महामारीका कारण निर्धारित मितिमा प्रदर्शन हुन सकेको थिए ।
जेम्स बन्डको रुपमा डेनियल क्रेगको यो अन्तिम फिल्म गत सालको अप्रिलमा नै प्रदर्शन हुनु पर्ने थियो । तर, मार्चदेखि नै कोरोना महामारी विश्व भ्रमणमा निस्किएपछि निर्माताले यो फिल्मको प्रदर्शन सारेर नोभेम्बरमा पु¥याएका थिए । तर, कोरोनाको प्रभाव मत्थर नभएपछि फेरि यो फिल्म सन् २०२१ को अप्रिल २ मा रिलिज हुने गरी सरेको थियो ।
तर, निर्माताले यो मितिमा पनि फिल्म रिलिज गर्ने हिम्मत गर्न सकेनन् । अन्ततः यो फिल्म यहाँबाट पनि सरेर यो वर्षको अक्टोबर ८ मा पुगेको छ । गत १० महिनामा फिल्मको प्रदर्शन तीन पटक सरेको हो । ‘नो टाइम टु डाई’लाई विश्वभरका हल सञ्चालकले सञ्जिवनी बुटी मानिरहेको चलचित्र हो ।
यो फिल्म लाग्दा मात्र आफूहरूको भविष्य सुनिश्चित हुन सक्ने हलले बताउँदै आएका छन् । यही जब एक समय यो ओटीटीमा रिलिज हुने कुरा आएको थियो, बेलायत तथा अमेरिकाका हलले आफूहरू हल बन्द गरेर अरु नै व्यवसाय गर्ने धम्की दिएका थिए ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया