रुपन्देहीमा महिलाको हत्या

बुटवल : रुपन्देहीमा फेरि एक महिलाको हत्या भएको छ । मायादेवीमा एक युवकलाई जलाएर हत्या गरेको २४ घण्टा नबित्दै रुपन्देहीकै गैडहवामा एक महिलाको हत्या भएको हो । गैडहवा १ ननउली निवासी ५५ बर्षीया कलावती धोबीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहका अनुसार ननउली गाँउ नजिकै तोरी बारीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो । शरिरमा धारिलो हतियार प्रहार गरिएको चोट रहेका आधारमा प्रारम्भिक अनुसन्धानले हत्या नै भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोख्रेलले बताए । मृतक धोबीको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराईएको छ ।
मृत्तक उनी घरबाट साझ पाँच बजे निस्केपछि राति अबेरसम्म नफर्किएपछि आफन्तले खोज तलास गर्दा तोरीबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले गरेको हो ? भन्ने खुलेको छैन । यसअघि हिजो मात्रै शरीरमा आगो लगाएर हत्या गरेको अवस्थामा एक युवकको शव भेटिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया