‘मायालु हजार गाउने’ गायक ध्रुव केसीको निधन

काठमाडौँ : ३० को दशकका चर्चित गायक ध्रुव केसीको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित केसीको बिहीबार साढे ४ बजे निधन भएको अभिनेता भुवन केसीले जनाएका छन् । अभिनेता भुवन केसी गायक केसीका भतिज हुन् ।
१० वर्षदेखि पार्किन्सन रोगबाट पीडित गायक भैंसेपाटीस्थित अर्किड केयर होम बसेर उपचार गराइरहेका थिए । ७५ वर्षीय उनको यहीँ उनको निधन भएको हो ।
सिनामंगलमा जन्मिएका केसीले ६ वर्षको उमेरदेखि रेडियो नेपालको बाल कार्यक्रममा सहभागिता जनाउँदै कलाकारिताको गोरेटो खनेका थिए । १६ वर्षमा स्वर परिक्षा पास गरेका केसीले रेडियो नेपालमै क्लर्क पदबाट जागिरे जीवन सुरु गरेका थिए ।
ध्रुव केसीले भारतमा गएर पनि केही गीत रेकर्ड गराएको भुवन केसी सम्झन्छन् । काकाले मुम्बईमा गएर केही भजन र गजल गीत रेकर्ड गराएको पनि उनले बताए ।
३० को दशकमा गायक केसीका ‘मायालु हजार हुन्छन’ ‘जिउँदै मर्ने जिन्दगीमा’ ‘तिम्रो माया कागजको रंगीचंगी फूल’ आदि गीत चर्चित थिए । स्टेजमा निकै नै लोकप्रिय गीत ‘अरु कालो रेलको धुँवा’ले भने ध्रुव केसीले भतिज भुवनसँग युगल गाएका थिए ।
ऋभिनेता भुवन केसीले काकाको प्रेरणाले नै गाउन सुरु गरेको बताए । ‘स्टेजमा काकाको भयंकर डिमान्ड थियो उसबेला । उहाँको क्रेज देखेर नै म पनि गायक बनेको हुँ,’भुवनले इकागजसँग कुराकानी गर्दै बताए । भुवनका अनुसार धु्रव केसी दरबारका पनि प्रिय गायक थिए । ‘दरबार गएर गाएका किस्सा धेरै पटक हामीलाई सुनाउनु भएको थियो । दरबारमा पनि उहाँको खुब डिमान्ड थियो,’अभिनेता केसीले भने ।
वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए । गायक केसीका तीन छोरी छन् । २० वर्षको उमेरमा बिहे गरेका केसीकी श्रीमतिको १५ वर्ष अघि नै निधन भइसकेको छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया