बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

केपी ओली आफ्ना आसेपासेलाई खुसी पार्न मात्र लागिपरे : प्रकाशमान सिंह

फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ता बाहेक अरुलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन् ।  संसद विघटनको कदम विरुद्द नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. ११ ले बिहीबार माइतिघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदाखेरी स्थिरता दिने र आम जनताको जीवनलाई सुखमय पार्ने प्रतिवद्धता गरेपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक अरु कोहीलाई केहि पनि दिन नसकेको बताए । संविधान तथा संघीय कानुन अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको उनको भनाई छ ।