संसद पुन: स्थापनाका लागि संयुक्त आन्दोलन गरौं : केसी

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमबिरुद्व संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् ।
विघटित प्रतिनिधि सभा पुनः जीवित गर्न सकिने भन्दै त्यसका लागि आन्दोलनका मोर्चा बनाउनु पर्ने उनले बताए ।
प्रतिनिधि सभाको विपक्षमा रहेका सबै राजनीतिक दल र नागरिक समाजको संयुक्त आन्दोलन आवश्यक रहेको उनको भनाइ छ । विगतमा राजा र पञ्चायतविरुद्धका अन्दोलनहरूमा नेपाली कांग्रेस, कम्यूनिष्ट पार्टीहरू र मधेशकेन्द्रित दल एक भएर संघर्षमा गएजस्तै यस पटक पनि त्यस्तो आन्दोलन आवश्यक रहेको उनको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधिसभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । अध्यक्ष केसीले भने, ‘संसद विघटनगरी चालेको असंवैधानिक, प्रतिगामी कदम उल्टाउन नसकिए देशमा संकट आउन सक्छ, त्यसका लागि आन्दोलन अपरिहार्य छ ।
उनले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन हुनेमा पनि शंका व्यक्त गरे । नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्तिकेन्द्रहरु आफ्नो अनुकुलमा खेल्न थालेको केसीको ठहर छ । ‘प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धिहरू गुम्ने अवस्थामा पुगेको छ, यसको चिन्ता हिजोका परिवर्तनकारी शक्तिले गर्नु पर्छ ।’
गणतन्त्रविरुद्ध राजावादी, विदेशी हिन्दु अभिवादी तथा वामपन्थी संकीर्णवादीगरी तिन तर्फबाट आक्रमण भइरहेको केसीको दाबी छ ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया