बन्द कोठाको खासखुसले पनि अदालतलाई प्रभावित नगरोस्ः गगन थापा
प्रतिनिधि सभा पुर्नस्थापना कि निर्वाचन भन्ने प्रश्न नै गलत हो

बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्वाल पारेको बताएका छन् । संविधान सभामा दोहोर्याइ/तेहर्याइ संविधानका धारा धारामा छलफल भएको भन्दै आज दिउँसोलाई रात भन्न खोजिएको उनले बताए । नशामा लट्ठिएर संविधान नलेखिएको भन्दै संविधानसभाका अध्यक्षलाई नांगिएको जात्रा नदेखाउन उनले आग्रह गरे ।
कांग्रेस बुटवल उपमहानगर समितिले बिहिबार ट्राफिकचोकमा गरेको कार्यक्रममा नेता थापाले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेकै कारण पूर्वन्यायाधीशहरू समेत एक ठाउँमा उभिएर सरकारको ध्यानाकर्षण गराएको बताए । ‘संविधानमा कही कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन । त्यसैले पनि पूर्वन्यायाधीशहरू एक ठाउँमा उभिएर बोले । यसबाट पनि प्रष्ट हुन्छ कि ओलीको कदम असंवैधानिक मात्र होइन अनधिकृत पनि हो’ उनले भने ।
नेता थापाले प्रतिनिधि सभा पुर्नस्थापना कि निर्वाचन भन्ने प्रश्न नै गलत रहेको बताएका छन् । उनले प्रश्न गलत भएकाले सहि उत्तर नआउने उल्लेख गरे । आजको प्रश्न संविधानको पक्षमा हो कि होइन ? ट्रयाकबाट बाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउने हो कि होइन भन्नेमा केन्द्रित हुनुपर्ने थापाको भनाइ छ ।
अब सबैको विश्वास अदालतमा भएको भन्दै अदालतले दायाँ बायाँ नहेरिकन फैसला गर्नुपर्ने बताए । ’बाहिर भइरहेको कुराले बेन्चमा बसेको श्रीमानलाई प्रभावित नगरोस्, हामीलाई कुनै प्रभावित गर्नु छैन ।’ उनले भने, ‘बन्द कोठा भित्र भएको खासखुसले पनि प्रभावित नगरोस् ।’ संविधान बमोजिमको कर्तव्यले मात्र न्यायाधीशलाई प्रभावित गर्नुपर्ने उनको भनाइ छ ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया