उखु किसानद्वारा फेरि आन्दोलन गर्ने चेतावनी

काठमाडौं : सरकारले सम्झौताबमोजिम भुक्तानी उपलब्ध नगराएको भन्दै उखु किसानहरूले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सम्झौताअनुसार २१ दिन पूरा भए पनि भुक्तानी नभएको उनीहरूको गुनासो छ ।
उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ मा २१ दिनभित्र बक्यौता भुक्तानी गराउने सम्झौता भएको थियो ।
माघ ५ गते नै २१ दिन पुगिसकेको छ । उद्योगीहरूले कबुल गरेको ६५ करोडमध्ये ५७ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी ८ करोड रुपैयाँ मन्त्रालयमा प्राप्त भएको छ । सम्झौतामा उल्लेख भएको समय सिमा समाप्त भैइसकेको तर हाल सम्म पनि उखु किसानहरुको सम्पूर्ण रकम भुक्तानी गराउन नसकेको किसानहरूको भनाइ छ ।
हालसम्म मन्त्रालयले कुन किसानहरुले कति रकम उद्योगी बाट भुक्तानी पाउनु पर्ने र कति रकम भुक्तानी पाईसकेको किसानहरुको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन सकेको छैन । विवरण सार्वजनिक नहुँदा मन्त्रालयले दिएको मौखिक सूचनाबाट सन्देह, शंका तथा उपशंका उब्जिएको उखु किसान संघर्ष समितिले बताएको छ ।
समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हामी किसानहरु विश्वस्त हुन सकिरहेका छैनौं । मन्त्रालयले हामीसँग किसानहरुले के-कति रकम भुक्तानी पाउनु पर्ने सो यकिन विवरण नभएकाले उखु किसान संघर्ष समितिसँग विवरण माग गरिरहेको छ् । सो विवरण संघर्ष समितिले पनि पटक पटक उद्योग तथा उद्योगीहरुसंग माग गर्दा समेत उद्योग तथा उद्योगीहरुले संघर्ष समितिलाई सो विवरण उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।'
किसानले भुक्तानी पाउनु पर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खातामार्फत भुक्तानी गरी सकेको विश्वसनीय एवम् स-प्रमाण विवरण तत्काल सार्वजनिक नगरे सम्म न्यायीक संघर्षको आन्दोलन जारी रहने उनीहरूले बताएका छन् ।
उनीहरूले माघ १० गते देखि फाल्गुण २१ गते सम्म आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक गरेका छन् ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया