काबुलमा आत्मघाती बम विस्फोट, कम्तीमा १८को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम बिस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । राजधानीको एक अध्ययन केन्द्रको बाहिर शनिबार अपराहन्न विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन्।
शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए । घटनामा घाइते भएकाहरुलाई स्थानीय अस्पताल लगिएको छ ।
घाइते मध्ये केही गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा जनाइएको छ । इस्लामिक स्टेट (आइएस) ले आक्रमणको जिम्मा लिएको छ । एजेन्सीहरूको सहयोगमा

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया