शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

तराईमा शीतलहर, जनजीवन प्रभावित

बुटवल : तराईका जिल्लामा हुस्सु कुहिरो सहित परेको शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म हल्का हुस्सु कुहिरोको सम्भावना रहने बताए पनि शितलहर परेपछि जनजीवन कष्टकर बनेको हो । तराईका केही स्थानमा भने पानी पनि परेको छ ।   

तापक्रममा सामान्य गिरावट आउनुको साथै तराईका केहि भू-भागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन प्रदेश तथा स्थानीय सरकारले अपिल गरेका छन् ।