बाइडनप्रति अमेरिकी जनताको चाहना : एकताबद्ध अमेरिका
बाइबल छोएर बाइडनले भने- ‘मुलुक र प्रजातन्त्रको प्रतिरक्षा गर्छु’

अमेरिका : अमेरिकी जनताले ४६ औँ राष्ट्रपति जो बाइडनलाई बधाई दिँदै राष्ट्रलाई पुनः एकताबद्ध गर्न आग्रह गरेका छन् । मुलुकभित्रका जनता र विश्व समुदायका नेताले बधाईसँगै अमेरिकाबाट पुरानै शैलीको अभिभावकीय भूमिकाको अपेक्षासमेत गरेका छन् ।
प्रजातन्त्रको बिगुल फुक्ने देश अमेरिका, उसको देशमा मात्रै नभई विश्वमै प्रजातन्त्रको अभिभावक संस्थाका रुपमा स्थापित र परिचित छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिदाईसँगै उग्रराष्ट्रवादको अन्त्य भएको विश्लेषण अमेरिकाभित्र गर्न थालिएको छ ।
शपथग्रहणका दिन बाइडेनले बाइबल समातेर भने, ‘म अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्नेछु ।’ उनले सम्बोधनका क्रममा भनेका छन्, ‘यो दिन अमेरिकाका लागि खुसीको दिन हो । लोकतन्त्र, इतिहास र आशाको दिन हो । राष्ट्रलाई पुनः एकताबद्ध राख्नेछु ।’
सामाजिक सञ्जाल र सञ्चार माध्यममा विज्ञ, राजनीतिज्ञ र बुज्रुक समुदायले गरेको प्रतिकृयालाई आधार मानेर भन्ने हो भने आज अमेरिकाले आफूलाई उग्रराष्ट्रवादबाट मुक्ति पाएको अनुभूत गरेको छ । ठूलठूला सञ्चारमाध्यमले आज बाइडेनलाई बधाई दिँदै अब पुनः अमेरिकाको साख पुरानै शैलीमा फर्किने आशा समेत व्यक्त गरेका छन् । यस्तै कोरोनाले आहात भएको मुलुक र जनताका लागि बाइडेन एउटा मलमपट्टी हुने आशा व्यक्त गरेका छन् ।
बाइडेनले अमेरिकालाई पुन एकताबद्ध बनाउने प्रतिबद्धता जनाई रहँदाका दिनसम्म अमेरिका केही कारणले विभाजित देखिन्छ । पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले यहाँ रंगभेद र उग्रराष्ट्रवादको जरा गाड्न सफल भए ।
बाहिरबाट हेर्दा खुल्ला अनि मानवअधिकारको देश भनिए पनि यहाँ रंगभेदले ठूलै जरा गाडेको अनभूति जनताले गर्ने गरेका छन् । अर्कातर्फ आप्रवासीको मुलुक भनेर चिनिने अमेरिकामा आप्रवासीका थुप्रै समस्यामा जकडिएको छ, जेलिएको छ । त्यस्ता समस्यालाई समाधान गर्दै राष्ट्रलाई पुरानै लयमा फर्काउने अभिभारा नयाँ अभिभावकमा थपिएको छ ।
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले उग्रराष्ट्रवादको नारा दिएर अमेरिका र विश्व समुदायलाई गलत दिशातर्फ उन्मुख गराइरहेका थिए । त्यही कारणले पनि हुन सक्छ, मुलुकभित्र र बाहिरबाट बाइडेनको आगमनलाई फरक अर्थमा हेरिएको छ । पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले स्वेत नागरिकहरुको दबदवा मात्रै रहने ढंगबाट अन्य धर्म, समुदायका व्यक्तिलाई बाइपास गर्ने नीति अंगालेकै कारण विश्वसमुदाय एक-अर्थमा चिन्तित थियो ।
अमेरिकामा ठूलो जमात पूर्वराष्ट्रपति ट्रम्पको कटुआलोचक छ । उनी मुलुकभित्रै काला र गोरा जातीका मानिसलाई विभाजन गर्न उद्धत थिए, अर्को तर्फ आप्रवासीहरुलाई अपमानको व्यवहार गर्थे ।
दम्भ, विभेदकारी सोच र शैलीकै कारण पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकाबाट मात्रै होइन विश्व समाजको धरातमा अपमानित र अपहेलित भएर बाहिरिएका छन् । आजका मितिसम्म सामाजिक सञ्जालबाट गल्हत्याईएका ट्रम्पले दुई पटकसम्म महाअभियोग लाग्ने पूर्वअमेरिकी राष्ट्रपतिको लिष्टमा आफूलाई नम्बर-वान राखेर बाहिरिए ।
आफ्नै सर्वोच्च निकाय, समाज, देश र अन्य व्यक्ति केही होइन, २१ औं शताब्दीको विज्ञान समेत आफ्नाअगाडि केही होइन भन्ने पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पको अधिानयकवादले अब विश्वसमुदायको शक्ति केन्द्र सेता घरमा अब कहिल्यै प्रवेश पाउनु हुन्न । प्रजातन्त्र र मानवअधिकारको जगमा अडिएको विश्व समाज र अमेरिकालाई अधिनायकवादको दिशा दिन खोज्न ट्रम्प युगको अन्त्यसँगै उग्रराष्ट्रवाद सदाका लागि समूल नष्ट हुनु जरुरी छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया