गोर्खा ब्रुअरीको विदेशी साझेदार किन धाउँदैछ अदालत ?

काठमाडौँ : गत असोज ४ मा कम्पनी रजिष्ट्रारको कार्यालयले गोर्खा ब्रुअरीको साधारण सभा रोक्यो । गोर्खा ब्रुअरीमा ९० प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया र बाँकी १० प्रतिशत हिस्सा सेयर खेतान समूहको छ । कम्पनी रजिष्ट्रारको कार्यालयअनुसार वार्षिक साधारणसभामा गणपूरक संख्या पुर्याउन खेतान समूहको एकजना प्रतिनिधि चाहिने सम्झौतामा उल्लेख छ । तर विदेशी सेयरधनी एक्लैले साधारण सभा गर्न खोजेपछि उक्त साधारण सभाले वैधानिकता नपाउने आशयसहित कम्पनी रजिष्ट्रारले साधारण सभा रोक्न लगायो ।
कार्ल्सबर्ग साउथ एसियासँगको सम्झौता अनुसार विदेशी सेयरधनीहरूले एकलौटी निर्णय गर्न पाउँदैनन् । तर साधारण सभामा खेतान समूहका प्रतिनिधि किन भएनन् त ? खेतान समूहसँग यसबारे जिज्ञासा राख्न सम्पर्क गर्दा उनीहरू सम्पर्कमै आउन चाहेनन् ।
यद्यपि, वार्षिक साधरण सभा आयोजना गर्न र त्यहाँ स्वदेशी साझेदारलाई प्रभाव पर्ने केही खासबाहेक अन्य एजेन्डा पास गर्न खेतान समूहको प्रतिनिधित्व नचाहिने विदेशी साझेदार पक्षले दाबी गर्दै आएको छ ।
कात्तिक २३ मा कार्ल्सबर्ग साउथ एसियाले कम्पनी रजिष्ट्रार कार्यालयको निर्देशन बदर गरी पाउँ भनी पाटन उच्च अदालतमा अन्तरकालीन आदेश पनि मागेको थियो । तर अदालतले पनि मंसिर २१ मा अन्तरकालीन आदेश दिन नमिल्ने आदेश जारी गर्यो । पुस १२ मा कम्पनी रजिष्ट्रार कार्यालयको निर्णय खारेजीको माग गर्दै कार्ल्सबर्ग साउथ एसिया सर्वोच्च अदालतमा पुग्यो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले प्रक्रिया पुरा नगरी निर्णय गरेको भन्दै उसले रिट दायर गरेको थियो । सर्वोच्च अदालतले कम्पनी रजिष्ट्रारको कार्यालयसँग ‘कैफियत प्रतिवेदन’ मागेको छ । माघ ४ मा सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले ‘यसमा, के भएको हो ? सम्पूर्ण व्यहोरा खुलाई कैफियत प्रतिवेदन पेश गर्न’ आदेश दिएका छन् । कैफियत प्रतिवेदन भनेको घटनादेखि अदालतको आदेशसम्मको विवरण भएको फाइल हो ।
यस्तो छ विवाद
गत वर्ष फागुन २६ मा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ‘भारतीय साझेदारसँगको विवाद कार्ल्सबर्ग छिटो टुंग्याउन चाहन्छ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । भारतमा स्थानीय बिक्री सम्बन्धि अभ्यासलाई लिएर सञ्चालकहरूबीच विवाद भएको थियो । त्यसमा लेखापरिक्षकले समेत सरोकार देखाएपछि यो विवाद सतहमा आएको हो ।
पीडब्लुसीको आवद्ध स्थानीय फर्मले कार्ल्सबर्ग इण्डियाको सन् २०१८-१९ को लेखापरिक्षण गर्न अस्वीकार गरेको थियो । यसको कारण थियो, सञ्चालक समितिका तीन जना सदस्य उक्त वित्तिय विवरणमा हस्ताक्षर गर्न मानेका थिएनन् । उनीहरूले नियामकीय कमजोरी औंल्याउँदै त्यसबाट पन्छिएका थिए ।
कार्ल्सबर्गका एसियाका कर्पोरेट मामिला निर्देशक स्टीभ देङले रोयटर्सलाई बताए अनुसार, नेपालस्थि खेतान समूहसँगको व्यवसायिक द्वन्द्व यसमा प्रतिबिम्बित भएको हो । भारतमा कार्ल्सबर्गको लगानी साझेदार (सहलगानीकर्ता), नेपालको खेतान समूह हो ।
काल्सर्वर्गले यो व्यावसायिक द्वन्द्वलाई छिटो टुंग्याउने पनि बताएको छ । खेतान समूह र कार्ल्सबर्गको विवाद कार्ल्सबर्गको साझेदारले लिएको ऋणको भुक्तानीसँग सम्बन्धित छ । उक्त ऋण भुक्तानीको बदलामा खेतान समूहले यसको बाँकी स्वामित्व कार्ल्सबर्गलाई बिक्री गर्न चाहेको छ, तर अत्यन्त उच्च मूल्यमा । कार्ल्सबर्गले उक्त सेयरको मूल्य यति उच्च राखिएको छ कि जसको औचित्य नै सिद्ध गर्न सकिदैन भनेको छ ।
भारतमा कार्ल्सबर्गसँगको साझेदारी सीपी खेतानले हेर्छन् । उनी यसबारेमा टिप्पणी नै गर्न चाहँदैनन् । भारतमा कार्ल्सबर्गको वित्तीय विवरणमा असहमति राख्ने तीन जना सञ्चालक समिति सदस्य खेतान समूहबाट मनोनित हुन् । ती तीनजना सञ्चालकले भारतको वाणिज्य र कर्पोरेट मन्त्रालयलाई व्यापारमा दिएको छुट, विज्ञापन र बिक्री प्रवद्र्धन र नियामकीय अनुपालना कानुन अनुसार नभएको भनेर समेत लेखी पठाएका छन् ।
अन्य सात जना सञ्चालकले भने यो भारत सरकारको नियमन र औद्योगिक उत्पादनसँग सम्बन्धित अनुपालनाभित्रै रहेर सन् २०१८-१९ को वित्तिय विवरणमा हस्ताक्षर गरेको उल्लेख गरेका छन् ।
२०६८ साउन २ मा खेतान समूहले गोर्खा ब्रुअरीको ९० प्रतिशत सेयर कार्ल्सबर्ग सिंगापुरलाई बेचेको थियो । १० प्रतिशत सेयर अहिले पनि राजेन्द्र खेताले नेतृत्व गरिरहेको खेतान समूहसँगै छ । गोर्खा ब्रुअरीले कम्पनीको ४ लाख २८ हजार ८०५ कित्ता सेयर ७२ करोड ५१ लाख रुपैयाँमा बेचेको थियो ।
तत्कालीन सरकारले बजेटमार्फत् सेयरमा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय कार्यान्वयन गरेको दोस्रो दिन कम्पनीको सेयर बिक्री भएको थियो । तत्कालीन सरकारले कर्पोरेट सेयर कारोबारमा लाग्ने कर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_MQdclKOe3n_lh4cseharbcabfepzsxij2ruqf3owdb2jlybyanv2dyengf4xwqngdexbtod.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया