ट्रम्पका दर्जन बढी निर्णय बाइडनले पहिलो दिनमै उल्ट्याए

काठमाडौं : ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिनमै अमेरिकी राष्ट्रपति जो बाइडनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका दर्जन बढी निर्णय उल्ट्याएका छन् । बाइडनले सबैभन्दा पहिले कोभिड-१९ महामारीबारेबारेमा ट्रम्पले गरेका निर्णयहरु उल्ट्याएका हुन् ।
ट्रम्पले महामारीलाई सामान्य सम्झेर लापरबाही गर्दा चार लाख बढी अमेरिकी नागरिकले ज्यान गुमाउनु परेको आरोप बाइडनले लगाउँदै आएका थिए । अमेरिकी राष्ट्रपतिको शपथ खाएकै दिन बाइडनले कोभिडसँगै जलवायु परिवर्तन, आप्रवासी तथा जातीय विभेदसम्बन्धिका दर्जन बढी निर्णय उल्ट्याएका हुन् ।
बाइडनले कोडिभविरुद्धको खोप र रोकथामको प्रयासका लागि गएको महिना नै वैज्ञानिकहरुको विशेष टिम बनाएर परिचालन गरेका थिए । राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिनमै उनले त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने आदेशहरुमा हस्ताक्षर गरेका छन् ।
ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पका निर्णय उल्ट्याएको जानकारी ह्वाइट हाउसले विज्ञप्ति निकालेर दिएको छ । ट्रम्प प्रशासनले गरेका निर्णय उल्ट्याउनु देशका लागि थप अगाडी बढ्नु र अमेरिकी नागरिकका लागि राहतको विषय भएको बाइडनको भनाई छ ।
यस्तै बाइडनले विश्व स्वास्थ्य संगठन डब्लुएचओमा फेरि सहभागिता जनाउने निर्णय गरेका छन् । अमेरिकाका तर्फबाट डा. एन्थोनी फाउचीलाई यसै हप्ता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा पठाउने निर्णय बाइडनले गरेका छन् । यसअघि ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।
यस्तै कोभिडका लागि सुरक्षा सामग्री, परीक्षणको दायरा बढाउने, मास्क लगाउन प्रेरित गर्ने र सामाजिक दुरी कायम गरेर कोभिडबाट जोगिने उपाय लगाइने लगायतका आदेशमा बाइडनले हस्ताक्षर गरेका छन् ।
यस्तै बाइडनले आगामी १०० दिनसम्म मास्क लगाइराख्ने अभियान नै सञ्चालन गर्ने पनि घोषणा गरेका छन् । यस्तै सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा फेरि सामेल हुने निर्णय बाइडनले गरेका छन् । यसअघि ट्रम्पले सो सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । यसले ट्रम्पलाई जलवायु परिवर्तनविरुद्धको नेताका रुपमा परिचित गराएको थियो भने यस प्रकारको निर्णयले अमेरिकालाई थप आलोचित बनाएको थियो ।
यस्तै पछिल्लो समय तिब्र रुपमा बढिरहेको जातीय विभेदका घटनालाई रोक्न बाइडनले निर्णायक कदम चाल्ने तयारी गरेका छन् । यसको शुरुवातमा उनले मुस्लिममाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । सबैभन्दा धेरै आप्रवासी छिर्ने मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने निर्णय पनि बाइडनले उल्ट्याएका छन् ।
यसअघि ट्रम्पले मुस्लिम बाहुल्य रहेका देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएका थिए । ट्रम्पका धेरै निर्णय उल्ट्याएका बाइडनले अमेरिकालाई फेरि विकासकै गतिमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया