शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

रोनाल्डोको गोलमा युभेन्टसले जित्यो सुपर कपको उपाधि

काठमाडौं : नापोलीलाई हराउँदै युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २-० गोलले हराउँदै युभेन्टसले नवौ पटक सुपर कपको उपाधि उचालेको हो ।

युभेन्टसलाई सिजनको पहिलो उपाधि दिलाउन स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएका थिए । ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दा इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्टसलाई सुपर कपको उपाधि पक्का गरेका हुन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)