नेपाल पाकिस्तान सम्बन्ध सधै मैत्रीपूर्ण : राष्ट्रपति अल्भी

काठमाडौँ : पाकिस्तानका राष्ट्रपति डा. अरिफ अल्भीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रक्रिया अघि बढाउन पाकिस्तान आतुर रहेको बताएका छन् । नेपाल र पाकिस्तानका जनताबीच सदा खुसीसाथ मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र नेपालको सार्क प्रतिको लगाव एंव सहकार्य राम्रो रहेको पनि उनले बताए ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले आफ्नो ओहोदाको प्रमाणपत्र ग्रहणपछि संक्षिप्त कुराकानीका क्रममा पाकिस्तानी राष्ट्रपति अल्भिले दुई मुलुकबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत व्यक्त गदै नेपाल भ्रमणको स्मरण समेत गरेको दूतावासले जनाएको छ ।
विगतमा नेपाल भ्रमण गरेको मात्र होइन गत वर्ष अजरबैजानमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको समेत स्मरण गरेका थिए । राजदूत अधिकारीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको सन्देश पढेर सुनाएका थिए ।
सार्कको अध्यक्ष मुलुकका राजदूत अधिकारी त्यहाँको जिम्मेवारीमा रहनुको मुख्य कारण हो त्यहाँ सार्क शिखर सम्मेलन गर्न उनको भूमिका रहोस भन्ने पनि हो । उनी जापान, न्यूयोर्क, कलकत्ता मात्र होइन मन्त्रालयको विभिन्न महाशाखामा काम गरेका र सार्क शिखर सम्मेलन पनि गराएको र सहभागी भएको अनुभवको आधारमा पनि उनलाई त्यहाँ सरकारकाले पठाएको हो ।
सार्क अध्यक्ष र शिखर सम्मेलन गराउने मुलुकबीचको सहकार्यको पुलको काम उनले गर्नेछन् । उनलाई राष्ट्रपतिले नेपाल र नेपाली जनतालाई सहयोग रहिरहने प्रतिबद्धता समेत जनाएका थिए । १९ औं सार्क शिखर सम्मेलनको सबै तयारी गरेर अन्तिम समयमा स्थगन भएपछि पाकिस्तान लगातार सार्क शिखर सम्मेलन गराउने कूटनीतिमा छ ।
राष्ट्रपपतिले नेपालसहितका मित्रदेशहरूसँग व्यापार, लगानी, सांस्कृतिक तथा सैन्य सहकार्य गर्ने बताएका छन् । उनले हरेक आयाममा नेपालसँग सम्बन्ध अघि बढाउन पाकिस्तानले चाहेको समेत उल्लेख गरेका छन् । राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच सधैँ सम्बन्ध आपसी सद्भाव, विश्वास र सहकार्यमा आधारित रहेको बताएका थिए ।
सार्कको संस्थापक मुलुक नेपाल र पाकिस्तानले सार्क, संयुक्त राष्ट्रसंघ तथा अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणा राख्दै आएको पनि अधिकारीले राष्ट्रपतिलाई स्मरण गराएका हुन् । राजदूत अधिकारीले नयाँ पाकिस्तान भन्ने नयाँ दृष्टिकोणका लागि पाकिस्तान सरकारलाई बधाई दिएका छन् ।

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस् : साउद

सिंहदरबार पासको लागि घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गरियोस्…

प्रतिक्रिया