सिन्धुपाल्चोकमा नेपाली सेनाको स्वास्थ्य शिविर
काठमाडौं : नेपाली सेनाले सिन्धुपाल्चोकमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिन्धुपाल्चोकको एकीकृत माझी बस्तीका स्थानीयहरुलाई राहत वितरण र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ । नागरिक र सेनाबीच सम्बन्ध बिस्तार गर्ने उद्देश्यले सिन्धुपाल्चोकको सांगाचोकगढी नगरपालिका १४ को नमुना माझी बस्ती र ईन्द्रावती गाउँपालिका ११ को एकीकृत माझी बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सैनिक श्रीमती संघले राहत वितरण गरेको हो भने २६ बाहिनी अड्डा तथा गोरखबक्स गणको पहलमा एकदिने स्वास्थ्य शिविर सञ्चालन भएको हो । सैनिक श्रीमती संघले १२८ घरपरिवारलाई लत्ताकपडा, भाँडाकुँडा, स्थानीय झमलादेवी विद्यालयलाई टेबल कुर्सी सहयोग गरेको हो । त्यस्तै सेनाले विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री पनि हस्तान्तरण गरेको छ । सेनाले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर सञ्चालन गरेको स्वास्थ्य शिविरमा २५० जनाले स्वास्थ्य जाँच गराए ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_tGHH88OzP4_gmss5zg8f5dkojdv8kpztegor6y9vrzuzt7cvjadhcidypq5agz6rmolzvcx.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9AZIlsVhMy_hyf8pdxniod4cp700x04ot6gymmznozwwflrobf9sxqs5pbegrpqbibouil2.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया