नेकपा कार्यकर्ता हत्या प्रकरणमा न्याय माग्दै कांग्रेस

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता हत्या प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निष्पक्ष छानविनको माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
'नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं', ध्यानाकर्षण पत्रमा भनिएको छ,'कांग्रेस निष्पक्ष अनुसन्धान र कानूनी कार्वाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारको गम्भीर ध्यानाकर्षण र माग गर्दछ!'
नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहिबार झडप भएको भएको थियो । झडपमा परी गम्भीर घाइते भएका नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । घटनाको तीनदिनसम्म पनि प्रहरीले जाहेरी नलिएकोमासमेत कांग्रेस दुख व्यक्त गरेको छ ।
'घटना विवरण अत्यन्तै दुःखद छ, अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानूनी कार्वाही गर्न कांग्रेस सरकार समक्ष माग गर्दछ', शर्माको ध्यानाकर्षण पत्रमा भनिएको छ,'घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारवाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया