फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१ सुरु

काठमाडौं : प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगलाई आधार बनाई सञ्चालन गरिएको ‘फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ । तीन दिन सम्म संचालन हुने एक्स्पोको बुधबार एक समारोहका बीच भर्चुअल माध्यमबाट उद्घाटन भएको हो ।
विगतका वर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजन गर्ने गरिएको र गत वर्ष समेत काठमाडौंको भृकुटीमण्डमपमा आयोजना गरिएको भए पनि यस बर्ष कोभिड १९ को कारण भर्चुअल माध्यमबाट एक्स्पोको आयोजना गरिएको हो ।
एक्स्पोको उद्घाटन भारतका उद्योग तथा व्यापार विभागका निर्देशक आलोक मालभीया, नेपाल स्थित भारतीय राजदुताबासका प्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासघका अध्यक्ष पुस्कल गौतम, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, भारतीय च्याम्बर अफ कमर्सका बिदेश बिभाग अध्यक्ष नवीन सर्दना र आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड ईभेन्टका म्यानेजि· डाईरेक्टर प्रेम अनवेशी र सुजल भट्टराई लगायतका बक्ताहरुले एक्स्पोको महत्वका बिषयमा जानकारी गराएका थिए ।
एक्स्पोमा प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगसंग सम्बन्धित नेपाल भारत लगायत बिभिन्न देशका उद्योगहरुले आफ्ना उत्पादन तथा प्रबिधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटन कै क्रममा करिव एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनिको अवलोकन गरेका थिए ।
परिवर्तित समय अनुसार बिभिन्न उद्योगको क्षेत्रमा समेत प्रविधिको तिब्र रुपमा बिकास र परिवर्तनहरु भएकाले उक्त एक्स्पो नयां प्रविधिका बिषयमा ज्ञान लिन र अनलईनको माध्यमबाट खरिद तथा बिक्रि गर्नका लागि राम्रो अवसरको रुपमा रहेको बिश्वास आयोजक तथा सहभागीहरुले गरेका छन् ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_mm6SNvgLZd_90exmlzn91nnuifn3qpnfe0mmwgjzfthbsi28qmqrttv8oxmdw9uihltiqk1.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया