बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

संसद् विघटन संविधानविपरीत छ : सुशीला कार्की

काठमाडौं :  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संसद् विघटन संविधान विपरित भएको बताएकी छन् ।  बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएकी हुन् ।  

सरकार गठन हुनसक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उनको भनाई छ । अहिलेको संक्रमणकालीन अवस्थामा विदेशी हस्ताक्षेप बढ्न सक्ने भन्दै उनले सचेत रहनुपर्ने पनि बताइन् ।