बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

समयमै निर्वाचन हुन्छ : मन्त्री ठगुन्ना

 काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने दाबी गरेका छन् ।  बुधबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री ठगुन्नाले सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको बताएका हुन् ।

उनले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन पनि आग्रह गरे । केपी ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको ठगुन्नाको दाबी छ ।