बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

नेकपा सुदूरपश्चिम अध्यक्ष थापा भन्‍छन्, माधव नेपाल छिट्टै जेल जान्‍छन्

धनगढी : नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाले माधव नेपाल छिट्टै जेल जाने बताएका छन् । नेकपा (ओली समूह) का प्रदेश अध्यक्ष रहेका थापाले नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष नेपाल छिट्टै जेल जाने बताएका हुन् । 

मंगलबार बझाङमा आयोजित ओली समूहको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘माधव नेपाल छिट्टै जेल जानेवाला छन् ।’ बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रसंग उठाउँदै उनले यस्तो बताएका हुन् । 

ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्न तत्कालीन प्रधानमन्त्री नेपालसँग पटक–पटक छलफल गरिएको कुरा देखिएकोले नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेको उनको भनाइ थियो । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कारबाही हुने बताए । तत्कालीन माओवादी लडाकुको विषय छानबिन हुने र प्रचण्डलाई पनि कारबाही हुने उनको दाबी थियो ।