पोखराका तीन शिक्षक पक्राउ

काठमाडौं : होटलमा परीक्षा सञ्चालन गरिरहेका कास्कीका तीन शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीलाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगेर परीक्षा लिएपछि पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालयका ३ जना शिक्षकलाई सोमबार बेलुका पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक सूर्य तिवारी, घनश्याम रेग्मी, शिरिषकुमार बस्ताकोटी रहेका छन् । पक्राउ परेका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएपछि पहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको जाहेरीको आधारमा पक्राउ गरेको हो । उनीहरुमाथि शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_txtuHllz8A_w2jwe64p5yhmmtmhfk2k9mhtmqjq2jrpyyss04ayqzvu1pnmxnxyvgqn7g6u.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_4RhWL1c62Q_fey7oxdwqhc8mu0cc3qxbkrerwdto36uxkw456ctgch2zpbkckeyukhd0cr6.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया