नक्सा मिलाइदिन्छु भन्दै घुस माग्ने सुब्बा र लेखापढी व्यवसायी पक्राउ

काठमाडौं : लगनखेलको भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई सेवाग्राहीको जग्गा ट्रायल चेक गर्दा घुस माग्दै गरेको अवस्थामा समातेको हो ।
उनीहरूले ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको बताउँदै सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेका थिए । आयोगबाट खटिएको टोलीले मन्दिप कुमार श्रेष्ठ र रमेशलाल श्रेष्ठलाई सेवाग्राहीबाट चालीस हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा लगनखेल बसपार्कबाट पक्राउन गरेको हो । अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

गगन थापा बिरूद्द अदालतमा अबहेलनाको मुद्दा दायर

प्रतिक्रिया