भूत मेला सुरु

महोत्तरी : महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । बडादसैंका अवसरमा लाग्ने भूतमेला शनिबारदेखि सुरु भएको हो ।
महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा सप्तमीदेखि नवमीसम्म हजारौंको संख्यामा नेपाली तथा भारतीय महिलाहरू लड्दै पर्दै, रुदै हाँस्दै, घिस्रेर पुग्ने गर्छन् । मन्दिर परिसरमा नयाँ वस्त्र धारण गरी कपाल खोलेर नाच्ने महिलाको भीड मेलामा हुन्छ ।
हातमा नयाँ लाठी, सेतो चामल (अछत), धुप, अगरबतीसहित तन्त्रमन्त्र जप गर्ने महिलाको भूतमेलामा बाक्लै उपस्थिति रहेको मन्दिरका पुजारी रमेश झाले बताए। यहाँ वर्षेणी तान्त्रिक शक्ति र भूतप्रेतबाट पीडितहरूको मेला लाग्ने गर्छ ।
सबैजना मन्दिर परिसरमा रहेको आँखा, नाक, मुख भएको काठको खम्बा ‘जाइठ’ समात्दै चिच्याउँछन । भूत सवार भएका भनिएका उनीहरू त्यहाँ अचम्मको हर्कत गरिरहेका हुन्छन् ।

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

प्रतिक्रिया