केपी ओलीलाई अष्टलक्ष्मीको प्रश्न : कुन मुख लिएर चुनावमा जाने ?
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले घोषणा भएको निर्वाचन हुनै नसक्ने बताएकी छन् । बागमती प्रदेशको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै शाक्यले वर्तमान समय प्रतिगमनकारीविरुद्ध उत्रिनुपर्ने भएकोले निर्वाचन हुनै नसक्ने बताएकी हुन् ।
‘आफूलाई गणतन्त्रको प्रधानमन्त्री भनिरहेको छ । जनताले फेरी पनि हामीलाई भोट दिन्छ ? चुनाव गर्नका लागि फेरी चुनाव घोषणा भएको हो ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘पाँच वर्ष थेग्न नसक्नेलाई चुनाव गराउने भन्ने कहाँबाट हिम्मत आयो । यो भ्रम हो। भ्रममा कोही नपरौँ । जनताका अगाडि के जवाफ दिने होला ? कसरी मुख देखाउने ?’
उनले प्रधानमन्त्री केपी ओली प्रतिगमनकारी भएको आरोप पनि लगाइन् । ‘प्रधानमन्त्रीलाई हामीले प्रतिगमनकारी भनेका छौँ । कम्रेड पनि भन्दैनौँ। ग्रणतन्त्रलाई प्रहार गरेको छ, धावा बोलेको छ। सिंगो व्यवस्थामाथि प्रहार गरेको छ’ उनले भनिन्, ‘आज संघीयतामा तुसारापात लागेको छ । त्यसो भएकोले हामी आन्दोलनमा छौँ। प्रतिगमनको विरुद्ध आन्दोलनमा छौँ ।’ केपी ओली नेतृत्वको सरकारले नेपालको भविष्य अन्धकारमा धकेलेको उनको भनाई छ ।

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

प्रतिक्रिया