बेन एफलेक र एनाको ब्रेकअप !

लसएन्जल्स : हलिउडमा महामारीले कति घर जोडिए त कति भत्किए । महामारीकै बीचमा कतिले विवाह गरे त कतिले बच्चा जन्माए । अझ कतिले त यही बीचमा बच्चा हुर्काइ पनि सकेका छन् । तर, अभिनेता बेन एफलेक र अभिनेत्री एना डि आरमसको भने महामारीकै समयमा ब्रेकअप भएको खबर छ ।
एक वर्ष अघि बेन र एनाको अफेयरको खबर हलिउडका लागि कम आश्चर्यजनक खबर थिएन । १६ वर्ष जेठाकान्छा उनीहरू अफेयरमा परेको खबरले गसिप बजारमा राम्रै भाउ पाएको थियो । एनाले इन्स्टाग्राम स्टोरीमा बेनसँगको फोटो राख्दै अफेयरको खबरलाई पुष्टि गरेकी थिइन् । त्यसयता दुवै अनगिन्ती ठाउँमा सँगै जाने गरेका थिए ।
क्वारेन्टाइन पिरियडभरी लसएन्जल्स बसेको जोडी पछिल्लो समय भने बेग्लाबेग्लै बस्न थालेको र दुवैले फोनबाटै एक अर्कालाई ‘गुडबाई’ गरेको समाचार छन् । दुवैले सहमतिमा एकअर्काको बाटो लाग्ने गरेको निर्णय गरेको पनि हल्ला छ । तर, निकट स्रोतलाई उद्धृत गर्दै लेखिएका समाचारमा बेनको लसएन्जल्स छाड्न नचाहे पनि यही कुरा नै ठूलो भएर ब्रेकअपसम्म पुगेको उल्लेख गरिएको छ ।
बेनको पूर्व पत्नी जेनिफर गार्नरबाट तीन सन्तान छन् र तीनैजना लसएन्जल्समै बस्छन् । बेन र एना सन् २०१९ मा खिचिएको ‘डीप वाटर’को सेटमा भेटिएका थिए । त्यही भेट बिस्तारै प्रेममा परिणत भएको थियो । त्यसयता एनाले जेम्स वन्ड सिरिजको ‘नो टाइम टु डाई’ र ‘ग्रे मेन’मा अभिनय गरेकी छिन् भने बेन ज्याक स्नाइडरको ‘दि लास्ट लिग’मा देखिँदैछन् ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया