आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

‘ओलीबाट छोरी कुटेर बुहारी तर्साउने काम भयो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतालाई आहत पुर्‍याउने काम गरेको टिप्पणी कानुन व्यवसायीले गरेका छन् । प्रतिनिधि सभा विघटनविरुध्दको मुद्दामाथि सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा भाग लिएका ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक समस्या सुल्झाउनुको साटो प्रतिनिधि सभा विघटन गरेर छोरी कुटेर बुहारी तर्साउने काम गरेको बताए ।

उनले आफ्नो पार्टीभित्रका नेताहरुलाई मिलाउन नसकेर व्यवस्थामाथि नै प्रहार गरेको पनि बताए । अधिवक्ता भण्डारीले पार्टीभित्रको झगडालाई लिएर प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम संविधान विपरित रहेको पनि बताए ।

यस्तै अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राजनीतिक नभई संवैधानिक त्रुटि भएको बताए । प्रतिनिधि सभा विघटन निर्णयबारे अदालतलाई दिएको जवाफमा ओलीले व्यवस्थामाथि नै प्रहार गर्ने कदम राजनीतिक नभई संवैधानिक भएको बताएका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा दर्ता भएका आधा दर्जन रिटमाथि बहस गर्न साढे तीन सय अधिवक्ताले नाम टिपाएका छन् ।