प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, कार्य व्यवस्था समितिमै विवाद

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक बुधबार बस्दै छ । दिउँसो २ बजे प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रस्तुत हुने सम्भावना छ । अविश्वास प्रस्ताव प्रस्तुत हुने भएपछि मतदानका लागि चर्को लबिङ चलिरहेको छ ।
सत्तारुढ नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल-नेपाल पक्षका नेता तथा सांसदहरु कांग्रेस सांसदलाई फकाउन लागिरहेका छन् । एक समुहले अर्को समुहलाई सांसद पदवाट निलम्बन गरिरहेका बेला कांग्रेसले ठोस निर्णय गरेपछि मात्रै मुख्यमन्त्री राईको सरकार रहन्छ वा ढल्छ ? भन्ने टुंगो लाग्नेछ ।
सदन सुरु हुनु अघि बस्ने कार्य व्यवस्था परार्मश समितिमा समेत यस विषयमा विवाद छ । ११ जना सदस्य रहेको परामर्श समितिबाट नेकपाका दुइ जनालाई दाहाल–नेपाल पक्षले हटाएका छन् ।
नेकपाको तर्फबाट समितिमा रहेका नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र इन्द्रमणी पराजुलीलाई दाहाल-नेपाल समुहले हटाएर उपेन्द्र घिमिरे र लिलावल्लभ अधिकारीलाई पठाएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।
तर प्रदेश सभा सचिवालयले पुरानै सदस्यलाई बैठकमा वोलाएको छ । प्रदेश १ को कार्य व्यवस्था समितिमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, नेकपाका तर्फबाट राजभण्डारी, पराजुलीका साथै सिता थेवे र जसमाया गजमेर रहेका छन् ।
यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्की, जनता समाजवादी पार्टीको तर्फवाट दलका नेता जयराम यादव, राप्रपाकी इन्दिरा राई र संघीय लोकतान्त्रिक मन्चकी बिष्णुमाया तुम्बाम्फे सदस्य छन् ।
समितिमा कुरा नमिले सभामुख प्रदिप भण्डारीले विशेष अधिकार प्रयोग गर्दै सदन सञ्चालन गर्ने तयारी गरेका छन् । आज पहिलो दिन भएकाले सभामुखले प्रदेश प्रमुखले पठाएको पत्र सदनमा पढेर सुनाउने छन् । त्यसपछि दलका प्रमुख नेतालाई बोल्ने समय दिने प्रचलन छ ।
तर मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाले सो विषयमा पनि चर्को विवाद हुने सम्भावना छ ।

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

प्रतिक्रिया