प्रहरी प्रशासनकै संरक्षणमा भीडभाड
धार्मिक आस्थाको नाममा यसरी हुँदैछ जोखिमको बेवास्ता

जनकपुरधाम : सरकारले कोभिड-१९ महामारीलाई दृष्टिगत गर्दै दसैं अवधिभर शक्तिपीठ र पूजास्थलमा भीडभाड नगर्न निर्देशन दिएको छ । तर, प्रदेश २ कै राजधानीमा यो निर्देशनको बेवास्ता भइरहेको देखिन्छ ।
शनिबार महाप्रसाद जनकपुरधामास्थित विभिन्न शक्तिपीठहरूमा अन्य दिनभन्दा दोब्बर/तेब्बर भीड देखिन्छ। शुक्रबार रातिदेखि नै प्रसाद चढाउनेहरु लाइनमा लागेका छन्।
शुक्रबार पनि प्रहरीको सुरक्षामा फूलपाती भित्र्याउनेको भीड देखिएको थियो । कोभिड जोखिमको बेवास्ता गर्दै आयोजक समितिले हजारौंको संख्यामा देखिएको भीडलाई नगरभरी घुमाएको थियो । सो कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रहरीकै सुरक्षामा मानिसहरुले ठूलो भीड जम्मा गरिरेहका यो पहिलो घटना भने होइन । जनकपुरधामस्थित आदिशक्ति स्वरुपा राजदेविसहित विभिन्न शक्तिपीठहरुमा भीड देखिन्छ । खोंइच भर्ने र प्रसाद चढाउने कार्यमा प्रहरीकै सुरक्षामा कोरोनालाई चुनौती दिँदै दिनहुँ ठूलो भीडभाड हुन्छ ।
नेपाल सरकारको निर्देशन बमोजिम स्थानीय प्रशासनद्वारा दसैंको अवसरमा हुने राजदेवी मन्दिरसहितका विभिन्न शक्तिपीठ भीडभाड हुने खालका बोकाबलि प्रदान, महाप्रसाद चढाउने र खोंइच भडाईलगायतका कार्यमा रोक लगाइएको छ । तर, भक्तजनले धार्मिक आस्थाको नाम दिँदै ती निर्देशनलाई अवज्ञा गरेर राजदेवी मन्दिर सहितका शक्तिपीठहरुमा भीडभाड गर्दै आएका छन ।
स्थानीय प्रशासनले त्यसलाई रोक्नुको सट्टा शान्ति सुरक्षाको नाममा संरक्षण गर्दै आएको छ । राजदेवी मन्दिरमा पूजा व्यवस्थापक महावीर युवा कमिटीले स्थानीय प्रशासनको निर्देशनलाई लत्याउँदै मन्दिर परिसरमा प्रत्येक दिन राति ३-४ सयौंको भीड जम्मा गरी नाचगानसहितको रंगारंग कार्यक्रम आयोजना गर्दै आएका छन् । तर, स्थानीय प्रहरी त्यसलाई रोक्नुको सट्टा श्रद्धालुको आस्थालाई ठेस नपुर्याउने गरी शान्ति सुरक्षामा लागेको प्रतिक्रिया दिँदै आएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले आफूहरु भीडभाड हुन नदिने प्रयासमा रहेकाे बताउँछन् । उनका अनुसार श्रद्धालुको आस्था प्रहरीको केही लाग्न सकेको छैन ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया