सुरज राई : जसले माल्टा पठाइदिने नाममा ४८ लाख ठगे

काठमाडौं : सुनसरी बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा देखाइ ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
राई उक्त रकम ठगी गरी फरार भएका थिए । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको हो ।
आवश्यक कारवाहीका लागि बुधबार उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया