कमलपोखरी पुनर्निर्माण रोक्न अभियन्ताको चेतावनी
नरोके कानुनी उपचार खोज्ने

काठमाडौं : संरक्षणको नाममा गैरकानुनी र संरक्षणको मान्य सिध्दान्त तथा व्यवहार प्रतिकुल हुनेगरी भइरहेको कार्य रोक्न सम्पदा अभियन्ताहरूले पत्र बुझाएका छन् । उनीहरूले काठमाडौं महानगरपालिकामा ‘कमलपोखरीको कार्य तत्काल रोक्न’ चिठ्ठी बुझाएका हुन् ।
पोखरीको अस्तित्व समाप्त पर्ने गरी भइरहेको काम नरोकेमा कानुनी उपचार खोज्ने उनीहरूले महानगरलाई चेतावनीसमेत दिएका छन् । काम नरोके संविधानको धारा ४८ ले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने नागरिकलाई दिएको दायित्व अनुरूप कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी उनीहरूले पत्रमार्फत महानगरलाई दिएका हुन् ।
महानगर- १ मा अवस्थित कमलपोखरी (पलेस्वाँ पुखु) मा भइरहेको काम तत्काल रोक्न पुरातत्व विभागले पनि महानगरलाई माघ-५ मा पत्र पठाइसकेको छ । ‘महानगरपालिकाद्वारा संरक्षण गर्ने कार्य अगाडि बढाउँदा पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई प्रतिकुल असर नपर्नेगरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी प्राचीन स्मारक ऐन २०१३ (पाँचौँ संशोधन सहित)को परिधिभित्र रही कार्य गर्न/गराउन,’ भन्दै विभागले पत्र पठाएको हो ।
महानगरले विभागलाई अटेर गर्दै पत्र पाएको रातमा नै डोजर चलाइ माटो ओसार्न सुरु गरेको छ । महानगरको यो कामप्रति अभियान्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट अभियान्ताले कमलपोखरीमा भइरहेको काम रोक्न चिठ्ठी बुझाएको सम्पदा बचाउ अभियन्ता आलोकसिध्दि तुलाधरले बताए । ‘हामीले मेयर विद्यासुन्दर शाक्यलाई दुई बजे चिठ्ठी दर्ता गरेर आयौँ,’ उनले भने ।
उनीहरुले महानगरमा बुझाएको चिठ्ठीमा ‘विभागले पत्र काटेकै दिनको राति धमाधम डोजर चलाएको र राति सम्पदा अभियन्ताहरू गएपछि मात्र काम रोक्नु दुःखद र लज्जास्पद कानुनसमेत प्रतिकुलको कार्य भएकोले तत्काल सम्पूर्ण कार्य रोक्न र पोखरीको माटो सुकेर पानी नअड्डिने अवस्था सृजना हुनु अगावै सो फ्याकिएको पानी पुनर्भरण गर्न अनुरोध गर्दछौँ,’ भन्ने वाक्याम्स उल्लेख गरिएको छ ।
चिठ्ठीमा पोखरीलाई (सिमसार) कसरी दिगो रूपमा जीवित राख्ने तथा सोको ऐतिहासिक पुरातात्विक तथा सांस्कृतिक पक्षलाई कसरी जीवन्त दिने भन्नेबारे स्वतन्त्र विज्ञ तथा अन्य सरोकारवाला निकायसँग छलफल गर्न आग्रह गरिएको छ ।
यस्ताे छ महानगरमा बुझाइएकाे पत्र :
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_JQdNF7olDJ_c9hxdzjbhwsntt14nuywzykuib1wrflels697seudluaku8wgzfemsajgpor.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया