आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

डा. भट्टराई दम्पत्तीलाई कोभिड संक्रमण पुष्टि

काठमाडौँ : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई  संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष समेत रहेका भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिए। दुबै जना होम आइसोलेसनमा बसेको उनले बताए। आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।