महानगरले थाल्यो रानीपोखरीको सरसफाइ

काठमाडौं : रानीपोखरीको पानीमा जम्न थालेको हरियो लेउ र झ्याउ काठमाडौं महानगरपालिकाले हटाउन थालेको छ । पोखरीको सौन्दर्यलाई कायम राख्न काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि पोखरीको सरसफाइ थालेको हो । यसका लागि नगर प्रहरीको टोली खटाइएको छ ।
पुननिर्माणपछि चिटिक्क भएको पोखरीको पानीमा लेउ पर्न र झ्याउ पलाएपछि कुरुप बन्न थालेको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि महानगरले सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको छ । उनी भन्छन्, ‘पुननिर्माणपछि रानीपोखरी महानगरलाई हस्तान्तरण भइसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’
पोखरीको पर्यावरणीय व्यवस्थापनका लागि काठमाडौं महानगरले नियमित काम गर्ने ज्ञवालीले दाबी गरे । साथै पानीमा माछा नहालेकाले पनि छिट्टै लेउ र झ्याउले ढाकेको हुन सक्ने उनले अनुमान लगाए । यसको सन्तुलनका लागि पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर परीक्षण गर्ने र त्यसपछि दीर्घकालीन समस्या समाधानको बाटो अपनाउने तयारीमा रहेको उनले जनाए ।
नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाकाअनुसार पोखरीको सफाइका लागि दैनिक २० जना नगर प्रहरी खटाइएको छ । दुई दिन ५० जना जनशक्तिले काम गर्दा करीब ८ ट्रिपर लेउ र झ्याउ झिकिएको छ । लेउ न्युनीकरण गर्ने औषधि र पानीको मात्रा बढाउने उपायका बारेमा प्राधिकरणसँग कुरा भइरहेको उनको भनाइ छ ।
यस अघि महानगरपालिकाकै सहकार्यमा रानीपोखरीमा पानी भर्ने काम भएको थियो । प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार अहिले रानीपोखरीको पानीको सतह घटेको छ । उनी भन्छन्, ‘हामीले सुरुमा ५ फिट २ इन्चमा करीब ३ करोड २२ लाख लिटर पानी भरिएको थियो । अहिले सतह घटेर त्यहाँ करीब ३ फिट जति अर्थात् करीब २ करोड लिटर हाराहारीमा मात्रै पानी रहेको अनुमान गरेका छौँ ।’
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_JQdNF7olDJ_c9hxdzjbhwsntt14nuywzykuib1wrflels697seudluaku8wgzfemsajgpor.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया