ओलीको सनकले विदेशी चलखेल बढ्यो : केसी

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटनसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरूको चलखेख बढेको बताएका छन् । भारत, अमेरिका, चीन र युरोपियन युनियनको चलखेल बढेको उनको दाबी छ । संसद विघटन देश र जनताको हितविपरीत रहेको उल्लेख गर्दै केसीले प्रतिनिधि सभा विघटन विदेशी शक्ति केन्द्रहरूको इसारामा भएको पनि आरोप लगाए ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष केसीले सत्तासिन दलका नेताहरूको स्वार्थका कारण संसद विघटन भएको बताए । केपी शर्मा ओली र पुष्पकमल दाहालको स्वार्थ पुरा नहुँदा देश दुर्घटनातर्फ उन्मुख भएको उनको भनाइ छ ।
नेकपाको विभाजन जनताका लागि नभई सत्ता, शक्ति, स्वार्थ नमिलेका कारण भएको केसीको ठहर छ । उनले भने, ‘सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छोटो समयमा नै नेकपामा विवाद आएको हो ।' उनले सर्वोच्च अदालतसमेत निष्पक्ष हुन नसक्नु दुखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नु नै नीतिगत कमजोरी भएको बताए ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया