महामारीमा पनि कम छैन फिल्म बनाउने चासो

काठमाडौं : चैत यता सुरु भएको कोरोना महामारीले पछि नेपाली फिल्म अझै तंग्रिन सकेको छैन । १ महिना अघिदेखि बल्ल हल खुलेका छन् तर खुलेका हलमा न फिल्म छन् न दर्शक । तर, लकडाउनकै बीचमा पनि नयाँ फिल्म बनाउने निर्माताको चाखमा भने कुनै कमी देखिएको छैन । यो आर्थिक वर्षयता ५० हाराहारी निर्माताले नयाँ फिल्म बनाउने भन्दै निर्माण इजाजत लिएका छन् । यसरी इजाजत लिनेमा सुटिङ गरिरहेका फिल्म ‘आइएम ट्वान्टी वान’ देखि प्रदर्शन भइसकेको ‘लक्ष्मीपूजा’ सम्म छन् ।
चलचित्र विकास बोर्डका निर्माण तथा चलचित्र कल्याणकोष अधिकृति हरिसिंह रेखौलाले अघिल्लो वर्षको तुलनामा निर्माण इजाजत लिने फिल्मको संख्या थोरै मात्र कम रहेको बताए ।‘ अघिल्लो साल यही समयमा अलि धेरै सिनेमाले निर्माण इजाजत लिएका थिए तर यो साल जति भएका छन् त्यति होलान् भन्ने हाम्रो अपेक्षा थिए,’ उनले भने, ‘लकडाउनमै पनि फिल्म बनाउन चाहाने निर्माताको रुचि राम्रै मान्नुपर्छ ।’नेपालमा हरेक साल नयाँ निर्माता आउने र उनीहरू दोस्रो फिल्म नबनाइ पलायन हुने गरेको तथ्यांक छ । यो आर्थिक वर्षमा निर्माण इजाजत लिने निर्मातामा पनि पुरानाभन्दा नयाँ निर्माताको बाहुल्य छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया