मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

अमेरिकी विदेशमन्त्री पोम्पेओ एसियाली देशको भ्रमणमा आउँदै

काठमाडौं : अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले एसियाका मुलुकहरुको भ्रमण आउने भएका छन् । विदेशमन्त्री पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा आउने विदेश मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले बुधवार प्रकाशन गरेको सूचनामा विदेशमन्त्री पोम्पेओको भ्रमणबारेको सो सूचना प्रकाशन गरेको बताइएको छ ।

विदेश मन्त्री पोम्पेओको भ्रमण आगामी आइतबारदेखि यस क्षेत्रमा हुनेछ । अमेरिककाको चुनावी माहोललाई अन्तराष्ट्रिय गति दिन उनी यस क्षेत्रको भ्रमणमा आउन लागेको अधिकारीहरुले जनाएका छन् ।

पोम्पेओ छिमेकी भारतको भ्रमणमा आउँदा नेपालबारे समेत त्यहाँ बहस हुने बताइएको छ । भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारत र अमेरिकाबीचका विविध साझेदारीका विषयमा छलफल भइरहेको अवस्थामा छिमेक सम्वन्ध र भारतको प्रभावबारेमा छलफल हुने बताइएको छ । अमेरिकाले भारतलाई क्वाड समुह (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को अनौपचारिक संजालमा राखेको छ ।

उनी भारत भ्रमण पछि चिनिया प्रभावमा पुगेको यस क्षेत्रका श्रीलंका र माल्दिभ्स जानेछन । नेपालले पनि पहल गरेको भए उनको नेपाल भ्रमण हुन सक्ने अवस्था थियो । नेपालको कूटनीतिमा आएको सिथिलताको कारण उनको नेपाल भ्रमण भने हुन नसकेको अधिकारीहरु बताउँछन । उनी त्यसपछि इन्डोनेसियाको राजधानी जाकार्ता पुग्नेछन । जाकर्ताको भ्रमणबाट उनी सिधै अमेरिका फर्कने छन । (एजेन्सीहरु)