सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

इन्‍फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने मंगलबार अन्तिम दिन

काठमाडौं : नेपाल इन्‍फ्रास्ट्रक्‍चर बैंक लिमिटेडको साधारण सेयरको निष्कासन तथा बिक्री मंगलबार बन्द हुने भएको छ । साँझ बैंकिङ समयपछि सेयरका लागि आवेदन बन्‍द हुने एनआइबीएल क्यापिटलले जानकारी दिएको छ ।

माघ २ गते ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुलाइएको थियो । आवेदकहरूले मागभन्‍दा बढी सेयर खरिदका लागि आवदेन प्राप्‍त भएपछि बन्‍द गर्न लागेको कम्‍पनीले जानकारी दिएको छ ।