मुख्यमन्त्रीविरुध्दको अविश्वास प्रस्ताव : तीन सांसदले लिए हस्ताक्षर फिर्ता

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना संसादहरू पछि हटेका छन् । झापाका जसमाया गजमेर, गोपाल चन्द्र बुढाथोकी र श्रीप्रसाद मौनालीले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गर्ने काम सही नभएको ठहर गर्दै फिर्ता लिएका हुन् । पुस १२ गते आफ्नै पार्टीका मुख्यमन्त्री राईविरुद्ध नेकपाका ६७ मध्ये ३७ जना सांसदले हस्ताक्षरगरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
पुस १२ गते सामाजिक विकास राज्यमन्त्री गजमेरले मन्त्री पदबाट राजीनामा गरेकी थिइन् । यस अघि नै उदयपुरकी सांसद कला घलेले अर्कै प्रयोजनाका लागि गरिएको हस्ताक्षर अविश्वासको प्रस्तावमा प्रयोग भएको भन्दै आपत्ति जनाइ सकेकी थिइन् । अब हस्ताक्षर भएका ३७ जनामा ३३ जना मात्र रहेका छन् । माघ ७ गतेबाट सुरु हुने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको सामना गर्दैछन् ।

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_JxslSwogZ3_hujlpdibuybt0ikcrcxzns9d3yrriyour6hufnpvcpuc0ceilrt4fhiefsfy.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

प्रतिक्रिया