मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

नक्कली भ्याट बिल प्रयोग गरी ६ करोड राजस्व छली

काठमाडौं : नक्कली भ्याट बिल प्रयोग गरी ६ करोड ५२ लाख रुपैयाँ राजस्व छली गर्ने शुलभ ट्रेड कन्सर्नविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । कम्पनीका सञ्‍चालक अमिरी ठाकुरविरुद्ध जरिवाना र कैद सजाय माग दाबी गर्दै विभागले पाटन उच्‍च अदालतमा मुद्दा दायर गरेको हो ।  

उनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरेको विभागको आरोप छ । आर्थिक वर्ष २०६८/०६९ देखि २०७३/०७४ सम्ममा भ्याट तथा आयकर राजस्व चुहावट गरेको पाइएको हो । उनलाई भ्याटतर्फ दुई करोड १५ लाख ८८ हजार रुपैयाँ र आयकर तर्फ ४ करोड ३६ लाख २५ हजार रुपैयाँ छली गरेको आरोप छ ।