भेटाएको ५ तोला सुन फिर्ता

कैलाली : धनगढीमा हराएको झण्डै ५ तोला सुन फेला पारेकी एक महिलाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकी छिन् । उप–महानगरपालिकाको वडा नम्बर १ कि शान्ति चौधरीले भेटाएको पौने ५ तोला सुन फिर्ता गरेकी हुन् ।
३ गते मोटरसाइकलमा अत्तरियातर्फ गइरहेका धनगढी उपमहानगरपालिक–१ शान्तिनगर बस्ने प्रदिप नेपालीले बोकेको गरगहनासहितको झोला हराएको थियो । झोला हराएपछि नेपालीले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टकाअनुसार उक्त झोला चौधरीले फेला पारेपछि आज नेपालीलाई फिर्ता गरिएको हो । चौधरीले एक तोलाको छड्के तिलहरी, तीन तोलाको हार, ५ आनाको माइली तिलहरी, २ आनाको काँटा, १२ सय नगद र एक थान मोवाइल चौधरीले फिर्ता गरेकी हुन् ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया