डिएगो सिमओनेकाे छोरालाई फुटबल सिकाउँदै फर्नान्डो टोरेस

काठमाडौं : फर्नान्डो टोरेसले दुई दशकअघि एथलेटिको म्याड्रिडबाट आफ्नो करियर सुरु गरेका थिए । सन् २००७ मा स्पेन छाडेर लिभरपुल पुगेका टोरेसले इंगल्यान्डकै चेल्सीबाट पनि खेले भने, एसी मिलानको जर्सी पनि लगाउन भ्याए । २३ वर्षको उमेरमा घर छाडेका टोरेस सन् २०१५ मा स्पेन फर्किए । त्यसको तीन वर्षपछि टोरेस जापान पुगे । एसियाबाट गत वर्ष फेरि एथलेटिको फर्केका टोरेस हाल क्लबको युवा टोलीको प्रशिक्षकका रुपमा कार्यरत छन् ।
कुनैबेला विश्वकै उत्कृष्ट स्ट्राइकर मध्येका एक रहेका टोरेसले हाल प्रशिक्षक बन्ने बाटो चुनेका छन् । उनले त्यसका लागि तयारी पनि पुरा गरेका छन् । एथलेटिकोको युवा टोलीको जिम्मेवारी पाउनु अघि उनले स्पेनी फुटबल संघबाट सञ्चालित प्रशिक्षकको र्कोस पुरा गरे । सुरुवातमा एथलेटिको बी टिमको सहायक प्रशिक्षकमा नियुक्त गरिएका टोरेसले गत साताबाट मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।
स्पेनी अखबार मार्काका अनुसार टोरेसले प्रशिक्षकका रुपमा प्रभाव पार्न थालिसकेका छन् । एथलेटिको बी टिमबाटै उदाएका टोरेस अहिले सोही टिममा किशोरहरूलाई प्रशिक्षण गराउन पाउँदा उत्साहित भएको बताइएको छ । उनको प्रशिक्षणमा खेलिरहेका खेलाडीहरुमध्ये, डिएगो सिमओनेका पुत्र पनि छन् । १८ वर्षिय जिउलियानो सिमओने । डिएगोका कान्छा छोरा जिउलियानो फरवार्ड हुन् । उनले गत आइतबार टोरेस नेतृत्वको बि टिमबाट डेब्यु गरे । अनि एक गोल पनि गरे ।
जिउलियानोले गत सेप्टेम्बेरमा मात्रै एथलेटिकोसँग ब्यवसायिक सम्झौता गरेका हुन् । रोचक के छ भने, डिएगो आफ्नो करियरमा मिडफिल्डर भएपनि उनका तीन छोराहरु स्ट्राइकर हुन् । डिएगोका जेठा छोरा जियोभानी इटालियन क्लब कागलियारीका लागि खेल्छन् भन्ने माइला छोरा जियानलुका स्पेनको तल्लो श्रेणीको इविजा पिटीउसाससँग आबद्ध छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया