श्रीमान् पार्टीको समस्या भए पार्टी विघटन गर्ने हो संसद् होइन : अधिवक्ता पोखरेल

काठमाडौं : अधिवक्ता दीनमणि पोखरेलले पार्टीभित्रको विवाद मिलाउन नसके प्रधानमन्त्रीले संसद् विघटन गराउने व्यवस्था संविधानमा नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुध्द रिट निवेदकको तर्फबाट बहस गरेका पोखरेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका हुन् ।
‘अदालतमा जे बहस भए पनि प्रधानमन्त्रीको सनकका आधारमा संसद विघटन भयो, यो कुरा अदालले सुन्नुपर्छ,’ पोखरेलले भने, ‘पार्टीभित्रको इन्ट्रेस्ट मेनेज गर्न नसक्नेले संसद्लाई पीडित बनाउन मिल्छ श्रीमान् ? पार्टीमा समस्या भए गरे पार्टी विघटन गर्ने हो नि ।’
उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले कोरोना नियन्त्रण गर्न नसकेर संसद् विघटन गरेको भन्दै टिप्पणी पनि गरे । ‘जनतामा पर्नसक्ने असरको अदालतले ख्याल गर्नुपर्छ । संसद विघटन गर्ने सिफारिस पत्रमा सबै मिलेर कोभिड नियन्त्रण गर्नुपर्ने भनेर उल्लेख छर । तर, दुई तिहाइ सरकारले कोभिड नियन्त्रण गर्न सकेन त्यसैले संसद विघटन गरिदियो,’ उनले भने ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया