दुर्घटना कम गर्न ट्रिपरलाई ‘टाइमकार्ड’
भत्ताको प्रलोभनमा चालकले गति बढाउने गरेको आरोप

बुटवल : ट्राफिक प्रहरी कार्यालय लुम्बिनीले सडकमा गुड्न ट्रिपरलाई ‘टाइमकार्ड’ दिन थालेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर सडकमा गुड्ने ट्रिपरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै टाइमकार्ड लागू गरिएको हो ।
सडकमा सवारी साधनको अत्यन्त भिड रहने विद्यालय र कार्यालय समयमा बजार क्षेत्रमा समेत निर्वाध रुपमा टिप्पर चल्ने गरेका छन् । ट्रिपर चालकले प्रत्येक पटक नदिजन्य पदार्थ बोेक्दा पाउने भत्ताको प्रलोभनमा गति तिव्र बनाउने गरेको आरोप लाग्दै आएको छ । टाइमकार्ड लागू भएपछि ट्रिपर चालकहरू तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न पाउने छैनन् ।
पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागोकारखानासम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाइमकार्ड लागू गरिएको प्रदेश ट्राफिक कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यसरी तोकिएको समय अनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै ट्रिपर चलाउन पाइनेछ । ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ ।
त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
त्यस्तै सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ । यसअघि ट्रिपरलाई तोकिएको टाइमकार्डबाट दुर्घटना न्यूनिकरणमा प्रभावकारी भएकोले अब पनि टाइमकार्ड लागू गरिएको विकले जानकारी दिए ।
लेन अनुशासन सिकाइँदै
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनका चालकलाई लेन अनुशासनमा रहेर सवारी चलाउन पनि सिकाउन थालेको छ । लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको यस्तो अभ्यासको सुुरुवात गरिएको हो ।
बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल कालिकानगरमा मोटरसाइकल चालकहरुलाई गति अनुसारको लेन अनुशासनमा रही सवारी सञ्चालन गर्न सिकाउन सुुरु गरेको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक बिकले लेन अनुशासन पालना नगर्दा दुर्घटनाको जोखिम हुने बताए । उनले सडक प्रयोगकर्ता सबैले अनुशासन कायम गरेमात्र जोखिम कम हुने दाबी गरे ।
६ लेन सडक विस्तारसँगै सवारीको चाप बढ्दै गएकोले लेनको प्रयोग अनिवार्य भएको उनको भनाइ छ । पहिलो चरणमा सातासम्म बुटवलदेखि भैरहवासम्मका विभिन्न स्थानमा चालकलाई लेनको प्रयोगबारे जानकारी दिने र कार्यान्वयनमा लैजाने छ ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया