प्रिमियर लिगमा लिभरपुलको खराब कीर्तिमान

काठमाडौं : प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेसँगै लिभरपुल तीन खेलमा लगातार गोल गर्न चुकेको छ । लिभरपुलले लिगका तीन खेलमा गोल गर्न असफल भएको यो सन् २००५ मार्च यता पहिलो पटक हो ।
युनाइटेडसँगको खेल भन्दा अगाडि लिभरपुलले साउथह्याम्पटन र न्यूकासल युनाइटेडविरुध्द पनि गोल गर्न सकेको थिएन । पारम्पारिक प्रतिद्वन्द्वीसँग बराबरी खेलेसँगै लिभरपुल लिग अंक तालिकामा चौथौं स्थानमा झरेको छ । १८ खेलबाट ३४ अंक बटुलेको लिभरपुललाई लेस्टर सिटी र म्यानचेस्टर सिटीले उछिनेका छन् । बराबरीको बाबजुद पनि युनाइटेड भने शीर्षस्थानमा छ ।
डिफेन्डिङ च्याम्पियन भएर लिगमा सरासर तीन खेलमा गोल गर्न नसक्ने टिमको सूचीमा लिभरपुल पनि समेटिएको छ । यसअघि डिफेन्डिङ च्याम्पियन हुँदा गोल गर्न नसकने टिमका रुपमा आर्सनल र लेस्टर दर्ज थिए । आर्सनलले १९९८-९९ र लेस्टरले २०१६-१७ सिजनमा लगातार तीन खेलमा गोल गर्न असमर्थ भएका थिए ।
खराब लयमा रहेको लिभरपुलले लगातार चार खेलमा जित दर्ता गर्न सकेको छैन । ती खेलहरुमा योर्गेन क्लपका स्टार फरवार्डहरूले एक गोल मात्रै गर्न सकेका छन् । त्यसो त लिभरपुलले एनफिल्डमा अपराजित यात्रालाई कायम राखेको छ । सन् २०१७ को अप्रिलमा क्रिस्टल प्यालेससँग हारेपछि लिभरपुल घरेलु मैदानमा ६८ खेलमा अपराजित छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया