रोनाल्डोको युभेन्टसलाई इन्टर मिलानले हरायो

काठमाडौं : इटालिएन सिरी ए मा साविक बिजेता युभेन्टस पराजित भएको छ । गएको हप्ता शीर्ष स्थानको एसी मिलानलाई हराएको युभेन्टस आइतबार राती दोस्रो स्थानको इन्टर मिलानसँग २–० गोल अन्तरले पराजित भएको हो ।
इन्टर मिलानका लागि अर्टुरो भिडाल र निकोलो बेरेलाले गोल गरे । जितपछि इन्टर मिलान ४० अंकसहित दोस्रो स्थानमा छ । समान अंक नै भएपनि एसी मिलान शीर्ष स्थानमा छ । हार व्यहोरेको युभेन्ट्स भने ३३ अंकसहित पाँचौ स्थानमा छ ।
दुई गोल खाएपनि युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले भने कुनै गोल गर्न सकेनन् । साविक विजेता युभेन्टस यस बर्ष उपाधि होडमा फर्किन संघर्ष गरिरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया