निर्वाचन समितिमा नमिलेपछि केन्द्रीय समितिमा फिर्ता
सदस्यता वितरण र नविकरण समायोजनको चेपुवामा

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको संविधान २०७२ अनुरुप संगठन समायोजन गर्ने कार्य अझै सकेको छैन । संविधानसभामार्फत जनप्रतिनिधिले संविधान जारी गर्दा सभासद् संख्याका आधारमा सबैभन्दा ठूलो पार्टी र सरकारको नेतृत्व गरेको कांग्रेसले अहिलेसम्म समायोजन नसकेको हो ।
कांग्रेसले केन्द्रीय कार्यसमितिबाट निर्णय गरेर समायोजनको काम गर्ने जिम्मेबारी पार्टीको निर्वाचन समितिलाई दिएको थियो । करिब दुई वर्षमा निर्वाचन समितिले ७४ जिल्लाको समायोजन सकेपनि तीन जिल्लाको समयोजन मिलाउन नसकेर केन्द्रीय समितिमा फिर्ता पठाएको छ ।
जिल्लाका नेताहरू र केन्द्रीय सदस्यहरूबीच फरक-फरक धारणा आएको र समितिका सदस्यहरूबीचमै मतैक्यता नभएकोले तीन जिल्लाको संगठन समायोजन फाइल केन्द्रीय समितिमा फिर्ता पठाइएको समितिका एक सदस्यले बताए । ‘हामीले हेर्ने कानुन अनुरुप हो । कानुन अनुरुप हेर्दा विवादसम्बन्धी फाइल हेर्नु पर्छ,’ ती सदस्यले भने, ‘यहाँ केन्द्रका नेता, जिल्लाका नेता र समिति सदस्यहरूबीचमै पनि कागजात अनुरुप होइन, आफू अनुकुल निर्णय गर्ने धारणा आयो । त्यसपछि हामीले विवादित तीन जिल्लाका संगठन समायोजनसम्बन्धी फाइल केन्द्रीय समितिमा फिर्ता गर्यौं ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेतासमेत रहेका राधेश्याम अधिकारीले बारा, सिन्धुपाल्चोक र सप्तरी जिल्लाको संगठन समायोजनसम्बन्धी फाइल केन्द्रीय कार्यसमितिमा फिर्ता गरेको बताए । ‘मिलाउन अलि कठिन भएकाले बारा, सिन्धुपाल्चोक र सप्तरी जिल्लाको संगठन समायोजनसम्बन्धी फाइल केन्द्रीय कार्यसमितिमा फिर्ता गरेका छौं,’ अधिकारीले इकागजसँग भने ।
कांग्रेसले समायोजन सकेपछि मात्रै क्रियाशील सदस्यता वितरण र नविकरणको फाराम जिल्लामा पठाउने निर्णय गरेकाले यी तीन जिल्लामा सदस्यतासम्बन्धी काम सुरु भएको छैन । संगठन समायोजन सकिएपछि सोलुखुम्बुमा सदस्यता फारामको ठेली केन्द्रीय कार्यालयले पठाएको छैन ।
७३ जिल्लामा भने सबै सतप्रतिशत फाराम पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ । सदस्यताको काम सकेर अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै फिर्ता पठाएको हो ।
केन्द्रीय कार्यालयका सदस्यता हेर्ने एक कर्मचारीले जिल्लाहरूलाई अनलाइनमै सदस्यता वितरण र नविकरण अपडेट गर्न भनेकाले फिर्ता आउन ढिला भइरहेको बताए । ‘जिल्लाहरूलाई अनलाइन भर्ने आदेश केन्द्रले दिएको छ । उनीहरूले वेभसाइटमै अपडेट गरिरहेका छन् । सबै एकैपटक वेभसाइटमा अपडेट हुन्छ,’ ती कर्मचारीले भने, ‘केन्द्रले त्यही वेभसाइटबाट छानबिन गर्छ ।’ ३० जिल्लाले अपडेट सकेको जानकारी केन्द्रीय कार्यालयलाई दिएको जानकारी पनि उनले दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया