भीम रावलले दिए ओलीलाई ‘भगुवा’को संज्ञा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई ‘भगुवा’को संज्ञा दिएका छन् । आफू पक्षीय विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता रावलले पार्टीको बैठक र संसद् दुबै ठाउँबाट प्रधानमन्त्री ओली भागेको आरोप लगाएका हुन् ।
‘पार्टीको बैठकबाट र संसदबाट भाग्नेलाई एक नम्बरको भगुवा भनिन्छ,’ प्रधानमन्त्रीलाई लक्षित गर्दै रावलले भने, ‘तपाईँ संविधानको कुन धाराअनुसार प्रधानमन्त्री हुनु भएको हो ? जवाफ दिनुस् ।’ उनले केपी ओलीले पहिलेदेखि नै गुटको धन्दा सुरु गरेको र पार्टी एकतापछि झन फैलाएको आरोप पनि लगाए । रावलले प्रधानमन्त्री ओलीको स्वार्थ पूरा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सहयोगी भएको बताए ।

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

प्रतिक्रिया