निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन

सुर्खेत : गृहसचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन कर्णालीका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीमा गृहसचिव न्यौपानेले अराजक गतिविधिलाई रोक्नेगरी सुरक्षा योजना बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका हुन् ।
सुर्खेतसँग सीमा जोडिएका तीन प्रदेशका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आगामी निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधिहरू रोक्ने खालका योजना कडाइका साथ लागु गर्न निर्देशन दिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । चन्द नेकपाका हरेक गतिविधिहरू कडाइका साथ रोक्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको रेग्मीको भनाइ छ ।
गृहसचिव न्यौपानेले चन्दका हरेक गतिविधि पूर्ण रूपमा रोक्नेगरी मिसन बनाएरअघि बढ्न निर्देशन दिएका छन् । ‘शान्ति सुरक्षा कायम गर्न र नागरिकहरूको जिउ धनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘राजमार्ग अवरुद्ध हुने खालका घटनालाई रोक्नको लागि निर्देशन दिनुभएको छ ।’
त्यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले शान्ति सुरक्षालाई विशेष महत्वका साथ राख्न, अवान्छित गतिविधिमाथि निगरानी गर्न निर्देशन दिएको बताए ।
सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, कर्णाली प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी थिए ।
न्यौपानेले जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्याशसमेत गरेको छन् । त्यसैगरी सुर्खेत स्थित कारागार भवनको पनि निरीक्षण गरेका थिए ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया